आर्थीकसंसार संवाददाता१५ चैत, २०७९
१५ चैत, २०७९काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व गभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
डा. नेपालले यस अघि परराष्ट्रमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारी पुरा गरिसकेका छन् । उनलाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार रहेकै बेला गभर्नर नियुक्त गरिएको थियो ।