काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सात वटै प्रदेशमा सफलताका साथ सम्पन्न गरेको छ । ग्लोबल मनी वीक–२०२३ अन्तर्गत युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले बार्षिक रुपमा मार्च महिनामा मनाइने एक हप्ते अभियान हो । “Plan your money, plant your future” भन्ने नाराका साथ GLOBAL MONEY WEEK – 2023 यो बर्ष पनि मिती २०७९ चैत्र ६ गतेदेखि चैत्र १२ गतेसम्म मनाइयो । यो सप्ताहब्यापि महोत्सवमा बैंकले बिद्यालय समुदायका लागि वित्तीय शिक्षा र बिभिन्न वित्तीय गतिबिधिका सन्दर्भहरु प्रस्तुत गरेको थियो । साथै विद्यार्थीहरुलाई वित्तीय योजना र ब्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा ज्ञान प्रदान गरियो । GLOBAL MONEY WEEK – 2023 सफल बनाउने उद्देश्यका साथ लुम्बिनी बिकास बैंकले सुदुरपश्चिम प्रदेशमा धनगढी र लम्की, कर्णाली प्रदेशको बिरेन्द्रनगर, लुम्बिनी प्रदेशको नेपालगन्ज, घोराहि र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, बाग्मती प्रदेशको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको बिरगन्ज र कोशी प्रदेशको बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । लुम्बिनी बैंकले धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका उप निर्देशक कुबेर थापाले पनि सहभागिता जनाउनु भयो । साथै, बैंकले पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक आर्या जोशी तथा उप निर्देशक राम कुमार कार्कीले पनि सहभागिता जनाउनु भयो । उप निर्देशक कार्कीले सफा नोट निती तथा नोटको सुरक्षण व्यवस्थाहरु सम्वन्धि जानकारीमुलक प्रस्तुती दिनुभयो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।
लुम्बिनी विकास बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१३ चैत, २०७९
१३ चैत, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण