काठमाडौं । नेपाल बैंक लिमिटेडले चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो २२८औं शाखा विस्तार गरेको हो । शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बिगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राखे ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गरे।
हाकिम चोकमा नेपाल बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा संख्या ?
आर्थीकसंसार संवाददाता११ चैत, २०७९
११ चैत, २०७९- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो