News Portal

  • आइएमई पे वालेटमार्फत सामान किन्दा ३० प्रतिशत क्यास ब्याक

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १३३१ पटक
    २५ असोज, २०७७

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित ‘आइएमई पे’ले दसैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
    किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अर्गानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट बिक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट सुरू भइ कात्तिक ७ गतेसम्म कायम हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्