News Portal

  • दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगोमा सेयर बेच्दै एनएमबि बैंक

    आर्थीकसंसार संवाददाता९ चैत, २०७९
    २१५ पटक
    ९ चैत, २०७९

    काठमाडौं । एनएमबि बैंकले दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
    नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१.४० रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १८० रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता ४८.६ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो ।
    बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ६७ हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु जयनारायण नेपालको नाममा रहेको १५ हजार ४०१ कित्ता र मान बहादुर फागुको नाममा रहेको ५२ हजार ३०५ कित्ता गरी कूल ६७ हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
    बैंकको उक्त सेयरमा चैत १६ गतेदेखि चैत २३ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १८० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ ।
    बैंकको उक्त सेयर संस्थापक सेयरधनी तथा अन्य ब्यक्ति वा संथाहरुले पनि खरिद गर्न पाउनेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्