News Portal

  • कर्जा नतिर्ने ऋणीका सवारी साधन लैजाँदै एनएमबि बैंक

    आर्थीकसंसार संवाददाता८ चैत, २०७९
    २७० पटक
    ८ चैत, २०७९

    काठमाडौं । एनएमबि बैंकले कर्जा सुरक्षणवापत बैंकको नाममा रहेका सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ । बैंकबाट कर्जा लिएका विभिन्न ऋणीहरुलाई धितोमा रहेका सवारी साधन बैंकमा बुझाउन आग्रह गरेको हो ।
    एनएमबि बैंकबाट लिएको कर्जा पटक पटक ताकेता गर्दा पनि निर्धारति सययमा नबुझाएका हुँदा १५ दिन भित्र धितो फिर्ता गर्न आग्रह गरेको हो । यदि तोकिएको समयमा बैकलाई सवारी साधन नबुझाएमा कानून बमोजिम प्रक्रिया अगाडी बढाईने चेतावनी दिएको छ ।
    ऋणी प्रधान ग्लास प्रालिका संचालक नानीमैया प्रधान र अनिष प्रधानलाई सन् २०१८ मा बनेको बा २१ च ६९०० नम्बरको महिन्द्रा एण्ड महिन्द्राको बोलेरो पिकअप फिर्ता गर्न बैंकले आग्रह गरेको हो ।
    यस्तै, जाल्का देवी फुड्सका प्रोप्राइटर प्रविन कुमाललाई सन् २०१७ मा बनेको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको ना ४ च ४०४१ नम्बरको कार्गाे भ्यान, ऋणी रामकृष्ण बसेललाई सन् २०१८ मा बनेको एस लिमिटेडको ग १ त ५७६५ नम्बरको ट्रेक्टर, ऋणी रुपा श्रीस थापालाई सन् २०१७ मा बनेको महिन्द्रा एण्ड महिन्द्राको एम बोलेरो र ऋणी मनोज गुरुङलाई सन् २०१५ मा बनेको ग १ त ३६६२ नम्बरको सोनालिका कम्पनीको ट्रेक्टर फिर्ता गर्न बैंकले आग्रह गरेको हो ।
    यदि उक्त सवारी साधनहरू कसैले अनाधिकृत रूपमा नियन्त्रणमा राखेको देखिएमा कानून बमोजिम आवश्यक कारवाही चलाईने बैंकले बताएको छ ।

     

    प्रतिकृया दिनुहोस्