आर्थीकसंसार संवाददाता१ चैत, २०७९
१ चैत, २०७९काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत(सीइओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।
बैंकको फागुन ३० गते बसेको संचालक समितिको १८८ औं बैठकले चैत १ गतेदेखि लागु हुने गरी बुढाथोकीलाई सीइओमा नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयवाट स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीसँग करिब डेड दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
उनी यसअघि बैंकको कार्यवाहक सीइओको रुपमा काम गरिरहेका थिए ।