News Portal

  • मिस तामाङ २०२३ को उपाधि सिन्धुलिकी पासाङ याङ्गी वाइबालाई

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७९
    ३४४ पटक
    २० फागुन, २०७९

    काठमाडौं । मिस तामाङ २०२३ को उपाधि सिन्धुलिकी पासाङ याङ्गी वाइबाले हात पारेकी छिन् । शनिबार राष्ट्रियसभा गृह काठमाडौंमा भएको फिनालीमा वाइबाले जीत हाँसिल गरेकी हुन् ।
    भोटिङ मार्फत अन्तिम राउन्डमा पुगेका १६ मध्ये भोटको आधारमा १० जनालाई जजहरुले विभिन्न प्रश्न गरेका थिए । मिस तामाङमा सहभागी भएदेखि अन्तिमसम्म आफूमा ल्याएको परिवर्तन, व्यक्तित्व विकास तथा जजले गरेको प्रश्नको जवाफमा अग्र देखिएकी वाइबाले मिस तामाङको उपाधि हात पार्न सफल भएकी हुन् । यसैगरी मिस तामाङ फष्ट रनरअपमा ललितपुरकी सुशिला मार्फ तामाङ रहेकी छिन् । साथै सेकेन्ड रनरअपमा भने सिन्धुलिकै सृजना गोले तामाङ रहेकी छिन् ।
    मोम्स इन्टरनेशनल नेपालको आयोजनामा भएको उक्त मिस तामाङ २०२३ मा देशका विभिन्न भागमा बसोबास गर्दै आएका तामाङ युवतीहरुको सहभागीता रहेको थियो । तामाङ संस्कार, संस्कृति, भेषभूष तथा पहिचानलाई जगेर्न गर्ने उदेश्यका साथ प्रत्येक वर्ष मिस तामाङ आयोजना हुँदै आएको छ ।
    मोम्स इन्टरनेशनल नेपालको आयोजना रहेको उक्त मिस तामाङको कार्यक्रम डाइरेक्टर भने नायिका रञ्जिता ब्लोन लामा रहेकी छिन् । साथै भाइस प्रेसिडेन्ट देवी लामा, कोर्डिनेटर सुनिता लामा,अफिसियल कोरियोग्राफरमा रोजिन शाक्य र नायक अमिर दोङ, फोटोग्राफरमा स्टुडियो कुबेर रहेको थियो ।

    प्रतिकृया दिनुहोस्