आर्थीकसंसार संवाददाता१२ फागुन, २०७९
१२ फागुन, २०७९काठमाडौं । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताएका छन् । शुक्रबार हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले हिमालयन बैंक हालसम्म आफ्नै कसरतमा ठूलो बैंक बनेको र अब सिभिललाई प्राप्ति गरेपछि उत्कृष्ट बैंक बन्ने बताएका हुन् ।
‘सिभिल बैंकलाई प्राप्ति गरेपछि अझै उत्कृष्ट बैंक बन्नेछ, मर्जरपश्चात समृद्ध बैंक बन्नेछ, एकीकृत कारोबार पछि देशकै उत्कृष्ट, ठूलो, सबल र सक्षम बैंक बन्नेमा केन्द्रित हुनेछ, सेयरधनिलाई उच्चतम प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गर्छु,’ उनले कार्यक्रममा भने ।
अध्यक्ष श्रेष्ठले हिमालयन बैंकले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याएको बताए । उनले सुरुमा ६ करोड पुँजीबाट सुरु भएको हिमालयन बैंकले आफ्नै कसरतले १४ अर्ब पुँजी पुर्याएको बताए ।