News Portal

  • ‘नौ महिनापछि एकीकृत कारोबार गर्न सफल भयौं, अब कुनै समस्या छैन’

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७९
    २६४ पटक
    १२ फागुन, २०७९

    काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाले हिमालयन र सिभिल बैंकबीचका सबै विषयहरु समाधान भइसकेकोले अब दुई बैंकबीच कुनै समस्या नरहेको बताएका छन् ।
    शुक्रबार हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले लामो समय लगाएर विभिन्न विषयहरुमा छलफल भएको र अब कुनै पनि समस्या नरहेको बताएका हुन् ।
    उनले ९ महिनापछि सिभिललाई प्राप्ति गर्न हिमालयन बैंक सफल भएको बताउँदै बैंक आफैमा ठूलो भएपनि नेपाल राष्ट्र बैंककाे मर्जर नितिलाई साथ दिन प्राप्ति गर्नु परेको धारणा राखे ।
    ‘हिमालयन आफैमा ठूलो बैंक भएपनि मर्जर गर्नुपर्छ भन्ने संचालकको धारणा थियो, राष्ट्र बैंकको मर्जर नीति पनि आत्मसाथ गर्नै पर्छ, अब हिमालयन साताैं ठूलो बैंकका रुपमा उदाएको छ,’ उनले कार्यक्रमा भने ।
    उनले मर्जरपछि भने चुनौति पनि धेरैको रहेको बताए । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि सुरु भएको हो ।

     

    प्रतिकृया दिनुहोस्