News Portal

  • कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा मिश्र नियुक्त

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७९
    ३१५ पटक
    ६ फागुन, २०७९

    काठमाडौं । कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गरेको हो ।
    बैंकमा अध्यक्षको अनुपस्थितिमा एक जना कार्यवाहक बन्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंक सञ्चालक समितिको बैठकले सहसचिव मिश्रलाई कार्यवाहक अध्यक्षका रुपमा नियुक्त गरेको हो ।
    यसअघि सरकारको तर्फबाट रमेश दुवाडी अध्यक्ष थिए । उनको शैक्षिक योग्यता र कार्यानुभवमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।

     

    प्रतिकृया दिनुहोस्