News Portal

  • नेपाल इन्स्योरेन्सद्वारा कोरोना बीमा दावी भुक्तानी

    आर्थिकसंसार संवाददाता२२ साउन, २०७७
    ८५७ पटक
    २२ साउन, २०७७

    काठमाडौं । नेपाल इन्स्योरेन्सले कोभिड–१९ बाट संक्रमित एक व्यक्तिलाई एक लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बैंक लि.सुर्खेतका एक कर्मचारीमा कोभिड–१९ बाट पोजेटिभ पुष्टि भएको १२ घण्टा भित्रैमा दावी भुक्तानी गरेको छ ।
    नेपाल बैंकका आधिकारिक व्यक्तिलाई कोरोना बीमा रकम औपचारिक रुपमा हस्तान्तरण गरिएको नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले बताए । नेपाल इन्स्योरेन्स कम्पनीले पहिलो दावी भुक्तानी गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्