News Portal

  • एलआइसी नेपालका सीईओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७९
    ४६३ पटक
    २४ माघ, २०७९

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ ।
    कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो ।
    लाइफ इन्स्योरेन्स कर्पोरेसनको केन्द्रिय कार्यालय भारतले नेपालका लागि सीईओ नपठाए पछि माघ १५ गते नै कार्यकाल सकिसकेको दासको कार्यकारल थप गरिएको हो ।
    २६ वर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेका सीईओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्