News Portal

  • माइकल ग्रिल्सको सेवामा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७९
    ३०२ पटक
    २४ माघ, २०७९

    काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच कुमारी बैंकको ग्राहकहरुलाई विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको जनाएको छ ।
    बैंकका अनुसार यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडि कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रा.लि को मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

    प्रतिकृया दिनुहोस्