News Portal

  • सत्ता सहयात्री दलको एकतालाई जसरी पनि बचाउँछु : प्रधानमन्त्री पुष्पकमल दाहाल

    आर्थीकसंसार संवाददाता२२ माघ. २०७९
    ३२६ पटक
    २२ माघ. २०७९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए ।
    ‘मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो’, उनले भने, ‘अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो, उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’
    सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

     

    प्रतिकृया दिनुहोस्