News Portal

  • सनराइज बैंकले थेसिस गर्न विद्यार्थीलाई आर्थिक सहयोग गर्ने

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७९
    ३७२ पटक
    १८ माघ, २०७९

    काठमाडौं । सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बिच सम्झौता भएको छ ।
    सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एम।बि।एसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने छ ।
    त्रिविमा विभिन्न संकायमा एक हजार ९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यले बताए ।

     

    प्रतिकृया दिनुहोस्