News Portal

  • बाबु बितेपछि नाबालकले पाए जीवन बीमा बापतको २५ लाख

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १६४३ पटक
    १९ असोज, २०७७

    काठमाडौं । सोलुखुम्बु सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भएको १० महिना बित्यो । ट्रेकिङ पेशामा आबद्ध शेर्पा नेपालमा हिमालको चुचुरादेखि अग्ला पहाडहरुमा विदेशीलाई घुमाउने काम गर्दथे । गत वर्ष उनलाई एक्कासी मुटुको समस्या देखियो । उपचारको क्रममा मृत्यु भएको शेर्पाको परिवारमा शोक अझै हराइसकेको छैन ।
    नेपाल लाईफ इन्स्योरेन्सले मृतका नाबालक छोरी छोईङ डोल्मा शेर्पाको नाममा २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । २ वटा छोरीका बाबु शेर्पाले बीमा गर्दा हकवालामा छोरीको नाम समावेश गरेका थिए ।
    नेपाल लाईफ इन्स्योरेन्समा चार वर्ष पहिले २० लाख बिमाङ्कको नौलो जीवन समृद्धि बीमा पोलिसी लिई जीवन बीमा गरेको शेर्पाको मृत्यु भए पनि उनको छोरीहरुको शिक्षादिक्षामा अब कुनै समस्या नपर्ने भएको छ । बीमा गरेर नियमित रुपमा बीमा शुल्क बुझाउँदै आएका शेर्पाकी उनै नाबालक छोरीको नाममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नाबालक भएकाले छोरीको चेक मृतका बाबु तथा हकवालाकी हजुरबुवा आङ वाङ्छु शेर्पाले बुझेका छन् ।

    प्रतिकृया दिनुहोस्