News Portal

  • माछापुच्छ्रे बैंकका ग्राहकले सिजीका सामाग्री खरिदमा २०% छुट पाउने

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७९
    ३३० पटक
    १७ माघ, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।
    यस सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहने बैंकले जनाएको छ । बैंकले आफ्ना डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।
    डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।
    साथै माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले शुन्य प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन्।

    प्रतिकृया दिनुहोस्