काठमाडौं । कुमारी बैंक र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०५, विशेष प्याकेजहरुमा ५५, खानपानमा १५५ सम्मको छुटलगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरे । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूहअन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा सहजता पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
कुमारी बैंक र होटेल ल्याण्डमार्ककाबीच छुटसम्बन्धी सम्झौता
आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
१९ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने