News Portal

  • माछापुच्छ्रे बैंकको नाफा १ अर्ब बढी, निक्षेप र कर्जामा पनि वृद्धि

    आर्थीकसंसार संवाददाता७ माघ, २०७९
    ३४३ पटक
    ७ माघ, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही त्रैमासमा पनि बैंकले १ अर्ब १ कराेड रुपैयाँ बढी नाफा गरेको थियो ।
    चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४८ अर्ब कायम भएको छ भने बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ ।
    यस्तै, बैंकको खराब कर्जा १.४ प्रतिशत छ भने आधारदर ११ प्रतिशत छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.५७ प्रतिशत थियो भने आधारदर ७.५६ प्रतिशत थियो ।

    प्रतिकृया दिनुहोस्