आर्थीकसंसार संवाददाता७ माघ, २०७९
७ माघ, २०७९काठमाडौं । नेपाल बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सो नाफा गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १७.०२ प्रतिशतले घटेको हो । बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ऋण असुलीमा समस्या हुँदा बैंकको नाफा घटेको हो ।
यस्तै, बैंकले दोस्रो त्रैमाससम्म कुल २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।