News Portal

  • कृषि विकास बैंकले दुई अस्पतालमा सुरु गर्यो क्युआर सेवा

    आर्थीकसंसार संवाददाता६ माघ, २०७९
    २१९ पटक
    ६ माघ, २०७९

    काठमाडाैं । सिभिल बैंकले दुई अस्पतालमा क्युआर सेवा सुरु गरेकाे छ । बैंकलेकाठमाडाैंकाे सिभिल अस्पताल र भरतपुरकाे वि पि काेइराला क्यान्सर अस्पतालमा क्युआर सेवा सुरु गरेकाे हाे ।
    येसँगै दुई अस्पतालका सेवाग्राहीले बिलमा भएको भुक्तानीका लागि क्यू.आर.कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।
    बैंकको मोबाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आवद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी सेवाशुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने बैंकले जनाएकाे छ ।
    बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्धेश्यले यस्तो योजना ल्याएको कुरा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी बताए ।
    क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोबार पूर्ण रुपमा सुरक्षित हुने र कारोबारमा फरक परेमा हिसाव मिलान पनि सहज हुने कुरा बैंकको डिजिटल बैंकिङ विभागकका विभागीय प्रमुख गिरीराज रेग्मीले बताए ।
    कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा विगतदेखि जोड दिँदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्