News Portal

  • नेपाल बैंकको १२ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ पुस, २०७९
    ६५१ पटक
    २९ पुस, २०७९

    काठमाडाैं । नेपाल बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे ६३ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेकाे हाे ।
    यससँगै बैंकका सेयरधनीले गत वर्षकाे नाफाबाट २ प्रतिशत बाेनस सेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । बोनस सेयर वितरणपछि बैंककाे चुक्ता पूँजी १४ अर्ब ६९ कराेड ४० लाख २२ हजार ९२७ रुपैयाँ भएकाे छ ।
    यस्तै, बैंकले आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गरेकाे छ ।
    सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेकाे छ ।

     

    प्रतिकृया दिनुहोस्