News Portal

  • आगामी वर्ष उत्साहप्रद लाभांश, डिजिटल बैंकिङ्गमा ‘ट्रेण्ड सेटर’

    आर्थीकसंसार संवाददाता२९ पुस, २०७९
    ४४५ पटक
    २९ पुस, २०७९

    एनआईसी एशिया बैंक अत्याधुनिक प्रविधिको साथ उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गरी बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान निर्माण गर्ने उच्चतम लक्ष्य हासिल गर्न सदैव क्रियाशिल छ ।
    एनआईसी एशिया बैंक गत आर्थिक वर्ष २०७८/७९ मा कूल कर्जा रकम २६८.२३ अर्ब रुपैयाँ, कुल निक्षेप रकम २९४.९८ अर्ब रुपैयाँ, लगानी ५७.५५ अर्ब रुपैयाँ र कुल सम्पत्तिको आकार ३५८.५७ अर्ब रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।
    त्यसैगरी, गत आर्थिक वर्षमा बैंक कुल संचालन आम्दानी १३.८१ अर्ब रुपैयाँ, संचालन मुनाफा ५.९७ अर्ब रुपैयाँ र खुद मुनाफा ४.२१ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको थियो । गत वर्ष बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचीमा कायम रहन सफल भएको ।
    आर्थिक वर्ष २०७८÷२०७९ असार मसान्तमा बैंकले कुल कर्जा २६८.२३ अर्ब रुपैयाँ पुर्याई बैंक तेस्रो स्थान र समग्र वाणिज्य बैंकहरुको औसत कर्जा १५६.५६ अर्ब रुपैयाँको तुलनामा कुल कर्जा ७१ प्रतिशतले बढी छ ।
    कुल निक्षेप २९४.९८ अर्ब रुपैयाँ पुर्याई बैंक दोस्रो स्थान र समग्रमा औसत कुल निक्षेप १७० अर्ब रुपैयाँको तुलनामा ७४ प्रतिशतले बढी रहेको छ ।
    स्वदेशी मुद्रा तर्फको ब्याज नपर्ने निक्षेप ३८.७३ अर्ब रुपैयाँ पुरयाई बैंक तेस्रो स्थानमा रहेको छ । समग्रमा १७.६ अर्ब रुपैयाँको तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप १२० प्रतिशतले बढी रहेको छ ।
    स्वदेशी मुद्रा तर्फको बचत निक्षेप ७८.६५ अर्ब रुपैयाँ पुर्याई बैंक चौंथो स्थानमा रहेको छ । समग्रमा ४६.८१ अर्ब रुपैयाँको तुलनामा बैंकको बचत निक्षेप ६८ प्रतिशत बढी रहेको छ ।
    स्वदेशी मुद्रा तर्फको सीएएसए निक्षेप ११७.३९ अर्ब रुपैयाँ पुर्याई बैंक तेस्रो स्थानमा रहेको छ । समग्रमा ६४.४१ अर्ब रुपैयाँको तुलनामा ८२ प्रतिशत बढी रहेको छ ।
    स्वदेशी मुद्रा तर्फको मुद्दती निक्षेप १६२.३६ अर्ब रुपैयाँ पुर्याई बैंक दोस्रो स्थानमा रहेको छ । समग्रमा ८९.६३ अर्ब रुपैयाँको तुलनामा ८१ प्रतिशतले बढी रहेको छ ।
    कुल ब्याज आम्दानी ३२.७७ अर्ब रुपैयाँ पुर्याई बैंक पहिलो स्थानमा रहेको छ । समग्रमा १६.४० अर्ब रुपैयाँको तुलनामा १०० प्रतिशत बढी रहेको छ ।
    खुद ब्याज आम्दानी ११.२९ अर्ब रुपैयाँ पुर्याई बैंक पहिलो स्थानमा रहेको छ । समग्रमा ५.८७ अर्ब रुपैयाँको तुलनामा बैंकको ९२ प्रतिशत बढी रहेको छ ।
    संचालन आम्दानी १३.८१ अर्ब पुर्याई बैंक पहिलो स्थानमा रहेको र समग्र वाणिज्य बैंकहरुको औसत संचालन आम्दानी ७.४४ अर्ब रुपैयाँको तुलनामा बैंकको सञ्चालन आम्दानी ८६ प्रतिशतले बढी रहेको छ ।
    संचालन मुनाफा ५.९७ अर्ब रुपैयाँ पुर्याई बैंक पाँचौं स्थानमा रहेको र समग्र वाणिज्य बैंकहरुको औसत संचालन मुनाफा ४.०३ अर्ब रुपैयाँको तुलनामा बैंकको सञ्चालन मुनाफा ४८ प्रतिशतले बढी रहेको छ ।
    खुद मुनाफा ४.२१ अर्ब रुपैयाँ पुर्याई बैंक चौंथो स्थानमा रहेको र समग्र वाणिज्य बैंकहरुको औसत खुद मुनाफा २.८२ अर्ब रुपैयाँको तुलनामा बैंकको खुद मुनाफा ४९ प्रतिशतले बढी रहेको छ ।
    प्रतिसेयर आम्दानी ३६.४५ रुपैयाँ पुर्याई बैंक पहिलो स्थानमा रहेको र औसत प्रतिबैंक २१.२७ रुपैयाँभन्दा बैंकको प्रति सेयर आम्दानी ७१ प्रतिशतले बढी रहेको छ । रिटन अफ इक्विटी १८.४३ प्रतिशत सहित बैंक पहिलो स्थानमा रहेको र औसत प्रति बैंक १२.८६ प्रतिशत भन्दा बैंकको रिटर्न अफ इक्विटी ४३ प्रतिशतले बढी रहेको छ ।

    अठोट २२-२७ को तर्जुमा

    बैंकले सन् २०१६ देखि सन् २०२० सम्मको लागि रणनीति २०२० तर्जुमा गरेको थियो । उक्त रणनीतिले लिएका अधिकांश व्यवसायिक लक्ष्यहरु २ वर्ष अघि अर्थात् सन् २०१८ मा नै हासिल गर्न सफल भएको थियो । तत्पश्चात् बैंकले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७८/७९ सम्मको लागि दोस्रो दीर्घकालिन रणनीति भिजन २०१८-२२ तर्जुमा गरेको छ । त्यसलाई पछ्याउँदै देशकै सबैभन्दा ठूलो व्यवसायिक आकार भएको बैंक बन्न सफल भएको छ ।
    समीक्षा अवधिमा आर्थिक वर्ष २०७९/८० देखि आर्थिक २०८३/८४ सम्मको अवधिको लागि विभिन्न व्यवसायिक विधाहरुमा अर्को सुनौलो र ऐतिहासिक उचाई हासिल गर्ने दृढ लक्ष्यका साथ आगामी ५ वर्षको व्यवसायिक योजना अठोट ‘२२-२७’ तर्जुमा गरिएको छ । ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने मुल नाराका साथ अठोट ‘२२-२७’ तर्जुमा गरिएको र अठोट ‘२२-२७’ले लिएको लक्ष्य पछ्याउँदै जाँदा आगामी ५ आर्थिक वर्ष भित्रै अझ ग्राहकमैत्री, सफल र उत्कृष्ट बैंक बन्न सफल हुनेछ ।

    रणनीतिक उपलब्धि

    बैंकको दीर्घकालिन व्यवसायिक सफलता प्राप्त गर्नको लागि आवश्यक आधारशीलाहरुको अभिवृद्धि गर्ने उद्धेश्यले बैंकले आर्थिक वर्ष २०७८/७९ लाई ‘इयर अफ इमेज, एक्सपेरियन्स, क्यापासिटी एण्ड डिजिटल ट्रान्सफर्मेसन’को रुपमा मनाउने निर्णय गरेको थियो । व्यवसायिक कारोबारलाई प्रभावकारी तवरले व्यवस्थापन गर्दै अझ विस्तार गर्नको लागि बैंक रुपान्तरणका चार स्तम्भहरु इमेज, एक्सपेरियन्स, क्यापासिटी र डिजिटल तय गरिएको छ ।
    समीक्षा अवधिमा बैंकलाई पर्फमेन्स प्याराडाइजको रुपमा रुपान्तरण गर्नको लागि कर्मचारीहरुको रोबस्ट क्यापासिटी बिल्डीङमा केन्द्रित भई कामा गरेको थियो । दक्ष कर्मचारीहरुको समूहले नै ग्राहकवर्गको बैंकिङ्ग सन्तुष्टि अभिवृद्धि गर्दछ भन्नेमा विस्वास लिएको छ ।
    साथै, डिजिटल प्रविधीमा आधारित विश्वस्तरीय बैंकिङ्ग सेवा सुविधाहरु उपयोग गर्ने ग्राहकवर्गको चाहना रहेको तथ्यलाई हृदयङ्गम गरी डिजिटल फर्स्ट बैंक बन्ने दिशा तर्फ ठोस रुपमा आफ्नो श्रोत र साधनलाई अभुतपुर्व दृष्टान्तका साथ परिचालित गरिएको छ । फलस्वरुप आर्थिक वर्ष २०७८/७९ मा ७.५ लाख ग्राहकहरु अनबोर्ड गरी कुल ग्राहक संख्या ३४.५४ लाख पुर्याउन सफल भएको छ । जुन देशका अन्य वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।
    बर्तमान बैंकिङ्ग प्रतिस्पर्धामा बैंकलाई ट्रेण्ड सेटरको रुपमा स्थापित गर्नको लागि डिजिटल विजनेश र अप्रेसनलाई सबलिकरण र प्रबद्र्धन गर्न तथा बैंकले प्रदान गर्ने सेवाको गुणस्तरमा वृद्धि गर्ने उपायहरु पहिचान गर्नको लागि बैंकले गत आर्थिक वर्षमा लाइफ स्टायल यूनिभर्स, डिजिटल ट्रान्सफर्मेसन यूनिभर्स, इन्फरमेसन टेक्नोलोजी यूनिभर्स तथा इन्फर्मेसन सेक्युरिटी यूनिभर्स गरी चारवटा यूनिभर्सको स्थापना गरेको छ ।

    प्रविधिको प्रयोग 

    अबको बैंकिङ्ग भनेको टेक्नोलोजीमा आधारित भई गरिने बैंकिङ्ग हो । अत्याधुनिक प्रविधिको उप्रडक्सन व्यापक रुपमा बढ्ने, कस्ट अफ अप्रेसन घटेर जाने र बैंकले लङ टर्ममा आफ्नो कर्जा ग्राहकहरुलाई कम व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन सक्ने क्षमता विकास हुँदै बैंकको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतामा समेत अभिवृद्धि हुन्छ ।
    साथै, बैंकिङ्ग सेवाको सहजता, सरलता र गतिलाई आधुनिक प्रविधीको उपयोगले नै उच्चतम स्तरमा पुर्याउन सकिन्छ भन्नेमा बैंक स्पष्ट छ । सोहि अनुरुप डिजिटल फर्स्ट बैंक बन्ने उच्च अभिलाषा हासिल गर्नको लागि समीक्षा अवधिमा बैंकको संरचनालाई समेत व्यापक रुपमा नै परिमार्जन गरिएको थियो ।
    बर्तमान बैंकिङ्ग सेवामा डिस्प्रटिभ इनोभसन गर्नको लागि अत्याधुनिक प्रविधिमा लगानी गर्न कुनै कसर बाँकी राखेको छैन । समीक्षा अवधिमा बैंकले प्रदान गर्ने वित्तीय सेवाहरुमा लेटेस्ट टेक्नोलोजी इक्विपमेन्ट्स, आर्टिफिसियल इन्टिलीजेन्स, मेशिन लर्निङ र बिग डाटा एनालाइटिक्सको बढी भन्दा बढी प्रयोग गरी बैंकिङ्ग सेवालाई अझ गुणस्तरीय बनाउन अथक प्रयास र अध्ययनहरु भइरहेको छ ।
    साथै, समीक्षा अवधिमा बैंकले डिजिटल फर्स्ट बैंक बन्ने उद्धेश्य हासिल गर्नको लागि अन्य संस्थाहरुसँग स्ट्राटिजी डिजिटल पार्टनरसिप, कोल्याब्रसन, एलायन्स, इन्ट्रिगेसन जस्ता कार्यहरु समेत युद्धस्तरमा अगाडि बढाएको छ ।
    बैंकले गत आर्थिक वर्षमा ओम्नी च्यानल मोबाइल, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, क्यास डिपोजिट मेसिन, क्यास रिसाइक्लर, रोबोटिक प्रोसेस अटोमेसन, डिजिटल सीएसडी, साथी एप्लिकेशन, क्वीक पे, अनलाइन अकाउन्ट ओपनिङ, आईपीओ एप्लिकेशन थ्रो मोबैंक लगायतका ग्राहक अनुभव अभिवृद्धि गर्ने प्रोजेक्टहरु कार्यान्वयन गर्न बैंक सफल भएको छ । यस कार्यबाट बैंकले ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तर थप बढाउन तथा बैंकको आन्तरिक संचालनलाई चुस्त दुरुस्त बनाउन सहयोग पुग्नेछ ।
    त्यसैगरी, शाखाहरुमा क्यास डिपोजिट मेशिन, क्यास रिसाइक्लर मेशिन, केआइओएसके मेसिन जस्ता उपकरणहरुको व्यवस्था गर्न शुरु गरिएको छ । जसबाट ग्राहकहरुले सेल्फ हेल्प बैंकिङ्ग प्ल्याटफर्मको उपयोग गर्न सक्नेछन् ।
    आर्थिक वर्ष २०७५/७६ मा बैंकको कुल ५२ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेकोमा आर्थिक वर्ष २०७८/७९ सम्म आईपुग्दा बैंकको कुल ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ । जुन समग्र बैंकिङ्ग क्षेत्रको सबैभन्दा बढी रहेको छ ।
    समीक्षा अवधिमा ५ लाख ४६ हजार १२७ नयाँ मोबाइल बैंकिङ्ग ग्राहकहरु हासिल गरी कुल मोबाइल बैंकिङ्ग ग्राहक संख्या १९ लाख ७२ हजार ६३५ पुर्याउन सफल भएको छ । मोबाइल बैंकिङ्गमा समग्र क्षेत्रमा बजार हिस्सा १२.२६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको मोबाइल बैंकिङ्ग ग्राहकहरुको संख्यामा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ ।
    समीक्षा अवधिमा ३ लाख ८६ हजार २७९ नयाँ डेबिड कार्ड ग्राहकहरु हासिल गरी कुल डेबिड कार्ड ग्राहक संख्या १५ लाख १६ हजार ०२१ पुर्याउन सफल भएको छ । डेबिड कार्डमा समग्रमा बजार हिस्सा १४.७६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको डेबिड कार्डको संख्यामा गत वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको छ ।
    समीक्षा अवधिमा कुल प्वाइन्ट अफ सेल ग्राहक संख्या ४ हजार ९५ पुर्याउन सफल भएको छ । प्वाइन्ट अफ सेल समग्रमा बजार हिस्सा १० प्रतिशत रहेको छ ।
    समीक्षा अवधिमा ७३ हजार १८० नयाँ क्यूआर ग्राहकहरु हासिल गरी कुल क्यूआर ग्राहक संख्या १ लाख २५ हजार २० पुर्याउन सफल भएको छ । क्यूआरमा समग्रमा बजार हिस्सा अनुमानित १६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको क्यूआरको संख्यामा गत वर्षको तुलनामा १४१ प्रतिशतले वृद्धि भएको छ ।
    समीक्षा अवधिमा १७ हजार ६४९ नयाँ इकमर्स ग्राहकहरु थप गरी कुल ९७ हजार ३८५ पुर्याउन सफल भएको छ । समग्रमा बजार हिस्सा अनुमानित ९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको इकमर्सको संख्यामा गत वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ ।

    नयाँ प्रडक्ट र सेवाहरु 

    ग्राहकको आवश्यकताले नै बैंकको सेवा र प्रडक्ट बन्ने हुन् भन्नेमा बैंकले विश्वास लिएको छ । सोही अनुरुप बैंकले गत आर्थिक वर्षमा २४ वटा विशेष प्रकारका बैंकिङ्ग सेवा तथा सुविधाहरु सहितको सर्वश्रेष्ठ डिपोजिट प्रडक्टहरु लञ्च गरेको छ । प्रडक्ट सिरिजमा हरेक पेशा, व्यवसाय, उमेर र क्षेत्रका नागरिकहरुलाई बीमा सुविधाका साथै निःशुल्क अन्य विविध प्रकारका बैंकिङ्ग सुविधाहरु समेत उपलब्ध गराइएको छ । उक्त प्रडक्ट लञ्च गरेको १३ महिना अवधिमा हरुमा ७१.६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।
    जुन कुल निक्षेपको करिब २४ प्रतिशत अंश रहेको छ । समीक्षा अवधिमा समेत बैंकले बजारको आवश्यकतालाई बुझी आफ्नो निक्षेप तथा कर्जा प्रडक्टहरुलाई परिमार्जन गर्दै आएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व 

    सामाजिक प्रगति, सामाजिक समृद्धि नै व्यवसायिक प्रगति र व्यवसायिक समृद्धिका आधारशिला हुन् । देशका विपन्न, गरीब, वृद्ध, अनाथ र पिछडीएका समुदायहरुको लागि शिक्षा, स्वास्थ्य र जिविकोपार्जन गर्ने आधारहरु निर्माण र संरक्षण, वातावरण संरक्षण, सरसफाई, धार्मिक क्षेत्रको संवद्र्धन गर्ने कार्यहरु विगतका वर्षहरुदेखि नै संचालन गर्दै आइरहेको छ ।
    यसको अलावा, नेपाल सरकारले देशका सम्पूर्ण जनसमुदायमा वित्तीय पहुँच पुर्याउने उच्च महत्वको लक्ष्य लिएको सन्दर्भमा बैंकले विकट, ग्रामीण र अर्ध शहरी क्षेत्रहरुमा शाखा सञ्जाल विस्तार गरेर नेपाल सरकारले वित्तीय पहुँच बढाउन लिएको लक्ष्य हासिल गर्न ठोस टेवा पुर्याएको छ ।
    वाणिज्य बैंकहरुमध्ये सबै भन्दा बढी शाखा सञ्जाल र ग्राहक संख्या यस बैंकको रहेको छ । कुल ३५९ शाखा, १०१ एक्सटेन्सन काउण्टर र ४७३ एटिएम सहित देशका ७७ जिल्लाहरुमध्ये ७३ जिल्लामा बैंकको फूटप्रिन्ट रहेको र देशका ३४ दुर्गम स्थानीय तहहरुमा अन्य बैंकहरुको पहुँच नरहेको स्थानहरुमा समेत बैंकले शाखा स्थापना गरी बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
    त्यसैगरी २०७९ असार मसान्तमा बैंकले आफ्नो कुल कर्जाको ८.५ प्रतिशत ग्रामीण (गाँउपालिका) क्षेत्रमा विस्तार गरेको छ । जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको छ । बैंकको अधिकांश निक्षेप र कर्जा ग्राहकहरु न्युन तथा मध्यम आय भएका वर्ग रहेका छन् ।
    साथै, समीक्षा अवधिमा प्रत्यक्ष कर र अप्रत्यक्ष कर सहित कुल ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरी जिम्मेवार करदाताको कर्तव्य बहन गरेको छ । यो रकम वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको छ ।

    मानव संशाधन व्यवस्थापन
    बैंकले आफ्ना सबै तहका कर्मचारीहरुको वृत्ति विकास र तालिमको लागि यथेष्ट लगानी गर्ने प्रवन्ध मिलाएको छ । समीक्षा अवधिमा बैंकले कर्मचारीहरुलाई कुल १ हजार १३६ वटा आन्तरिक तालिम, २४० वटा बाह्य तालिम र एउटा अन्तर्राष्ट्रिय तालिममा सहभागी गराएको थियो । जसमा कुल सहभागी संख्या ५३ हजार ५३६ रहेको थियो ।

    लाभांश वितरण
    समग्रतामा बैंकको आम्दानी, खुद मुनाफा, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी र रिटर्न अफ इक्विटी लगायतका सूचकहरु उत्कृष्ट हुँदा हुँदै पनि बैंकको नियन्त्रण बाहिरको कारणले गर्दा लाभांश वितरण गर्न सकिएन ।
    देशकै सबैभन्दा बढी प्रतिसेयर आम्दानी र रिटन अफ इक्विटी भएको बैंक हुनाले वितरण नगरी रिजर्भमा राखिएको रकमबाट बैंकले आगामी दिनमा अझ धेरै आम्दानी गर्नेछ । आगामी वर्षहरुमा सेयरधनीहरुको अपेक्षा अनुरुप नै लाभांश वितरण गर्ने बैंकले कुनै कमी कसर राख्ने छैन ।

    (अग्रवाल एनआईसी एशिया बैंकका अध्यक्ष हुन् । अध्यक्ष अग्रवालले बैंकको २५ औं वार्षिक साधारणसभामा प्रस्तुत गर्नु भएको मन्तव्य)

    प्रतिकृया दिनुहोस्