News Portal

  • महालक्ष्मी विकास बैंककाे १०.४७ प्रतिशतको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ पुस, २०७९
    ४१७ पटक
    २९ पुस, २०७९

    काठमाडाैं । महालक्ष्मी विकास बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंककाे प्रस्तावित १०.४७ प्रतिशत लाभांश पारित गरेकाे हाे ।
    बैंकले २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।
    सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेकाे छ ।
    यस्तै,  सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्