News Portal

  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ पुस, २०७९
    ४४२ पटक
    २९ पुस, २०७९

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको २८ ‍औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ७.६० प्रतिशत लाभांश पारित गरेको हो ।
    योसँगै कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट बोनश सेयर २.४० प्रतिशत र नगद लाभांश ५.२० प्रतिशत प्रदान गर्नेछ । बोनस सेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्ने छ ।
    सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ. व. २०७८/७९ को वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।
    साथै, कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२ प्रतिशत र सर्व–साधारण तर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

     

    प्रतिकृया दिनुहोस्