News Portal

  • नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ पुस, २०७९
    ४०२ पटक
    २९ पुस, २०७९

    काठमाडौं । नबिल बैंकको लाभांश पारित भएको छ । बैंकका‍े ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रस्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो ।
    बैंकको सञ्चालक समितिले गत आ।व। २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
    समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष २७ अर्ब नाघेको छ ।
    साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । नबिल बैंक आ.व. २०७८/७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।
    बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्बभन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूमार्फत सेवा दिइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्