News Portal

  • लगानी बोर्डको सीईओ भट्टको पदबहाली

    आर्थीकसंसार संवाददाता
    ५४४ पटक

    २१ साउन, २०७७
    काठमाडौं । मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेका सुशील भट्टले पदबहाली गरेका छन् । भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । उनी योजना आयोगमा रहँदा भौतिक र पूर्वाधार क्षेत्र हेर्थेे । योजना आयोग छाडेर सीईओमा आउन उनले आवेदन दिएका थिए ।
    भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सोझो चासोमा बोर्डको सीईओ नियुक्त भएको बताइन्छ । बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले भट्टसहित डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो ।
    नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष समेत रहिसकेका भट्टले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका छन् ।

    प्रतिकृया दिनुहोस्