News Portal

  • नबिल बैंकले प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउन आग्रह गर्यो

    आर्थीकसंसार संवाददाता१७ असोज, २०७७, शनिबार
    ९९० पटक
    १७ असोज, २०७७, शनिबार

    काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंक खाता खोल्दा रजिस्टर गराएको मोबाइल नम्बर छैन र अर्को नम्बर चेन्ज भएको छ भने उक्त नयाँ मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको छ ।
    बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।
    दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्