News Portal

  • कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का

    आर्थीकसंसार संवाददाता१४ पुस, २०७९
    ४१२ पटक
    १४ पुस, २०७९

    काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो ।
    दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबार हुने भएका छन् । सोही दिनदेखि १५ दिनसम्म सेयर कारोबार रोक्का हुने भएको हो ।
    दुवै बैंकबीच मर्जर गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भइसकेको हुँदा पुस १७ गतेदेखि कुमारी बैंकको नाममा एकीकृत कारोबार हुने भएको हो ।
    नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को निर्देशनको निर्देशन नम्बर ९ (२) बमोजिम लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका सेयर कारोबार रोक्का हुने भएको हो । एकीकृत वित्तीय कारोबार सुरु भएको दिनदेखि १५ दिन बैंकको सेयर कारोबार रोक्का गर्न संचालक समितिको पुस १३ गते बसेको बैठकको सेयर कारोबार रोक्का निवेदन दिएको हो ।

     

    प्रतिकृया दिनुहोस्