News Portal

  • मेगा बैंकबाट बाहिरिइन् कामु सीईओ रविना देशराज श्रेष्ठ

    आर्थीकसंसार संवाददाता१० पुस, २०७९
    ५०२ पटक
    १० पुस, २०७९

    काठमाडौं । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ बैंकबाट बाहिरिएकी छिन् । उनले मेगा बैंकबाट बाहिरिएको जानकारी गराएकी हुन् ।
    कामु सीईओ श्रेष्ठले आफ्नो बैंकिङ्ग करियरबाट नै राजीनामा दिएको समेत बताएकी छिन् । बैंकको प्रगतिमा हालसम्म पुर्याएको योगदानको प्रशंसा गर्दै बैंकले उनको केक काटेर बिदाई गरेको हो ।
    मेगा बैंकले श्रेष्ठलाई २०७८ चैत ३० गते २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी कामु सीईओमा नियुक्त गरेको थियो । पूर्व सीईओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएपछि बैंकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।
    ३२ वर्ष बैंकिङ्ग क्षेत्रको अनभुव सँगालेकी श्रेष्ठले मेगा बैंकमा मात्रै १३ वर्ष काम गरेकी छन् । मेगा बैंकको स्थापनाकालदेखि कार्यरत उनले आफ्नो बैंकिङ्ग करियर टुङ्ग्याएको बताएकी छिन् ।

    उनी नबिल बैंकबाट मेगा बैंक प्रवेश गरेकी थिइन् । श्रेष्ठले कलकत्तामा अध्ययन गरेकी हुन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करिअर सुरु गरेकी उनले तत्कालिन ग्रिण्डलेज बैंक (स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा १३ बर्ष काम गरेकी थिइन् ।
    श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ) बाट गत बैशाखमा विभूषित पनि भएकी थिइन् । श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड र बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छिन् ।

    प्रतिकृया दिनुहोस्