आर्थीकसंसार संवाददाता४ मंसिर, २०७९
४ मंसिर, २०७९काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थाहरुसँग सम्झौता गरेको हाे ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले टेसला डाइगनोष्टिकमा अधिकतम १० प्रतिशत र द्रिष्टि आइ केयरमा अधिकतम २० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।