News Portal

  • नेपाल एसबिआई बैंकको साधारणसभामा लाभांश र मर्जर प्रस्ताव सहित १३ एजेण्डा

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७९
    २९३ पटक
    ४ मंसिर, २०७९

    काठमाडौं । नेपाल एसबिआई बैंकले पुस २५ गतेका लागि २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

    १. आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
    २. लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (२०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।
    ३. यस बैंकको सहायक कम्पनी नेपाल एसविआई मर्चेण्ट बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने ।
    ४. संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई ७३ करोड ९८ लाख ८६ हजार ७३९.३८ रुपैयाँ बराबर (चुक्ता पुँजीमा ७.५३ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
    ५. स्वतन्त्र संचालक नियुक्तिको जानकारी सम्बन्धमा (बैंकको संचालक समितिको मिति २०७८ चैत्र ३० मा सम्पन्न ४८३ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान बमोजिम डा.गोपाल प्रसाद भट्टलाई ४ वर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको) ।
    ६. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
    ७. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई २९ करोड ४७ लाख ७५ हजार ५९३.३८ रुपैयाँ बराबर (चुक्ता पुँजीमा ३ तिशतका दरले) बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
    ८. कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा र नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
    ९. बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २८, कमलादी, नेपाल कायम गर्न बैंकको प्रबन्धपत्रको दफा २ को उपदफा १ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
    १०. संचालक समिति तथा संचालक समितिका उपसमितिहरूको बैठकमा भाग लिएबापत संचालक समितिका अध्यक्ष तथा अन्य संचालकहरूलाई दिइने बैठक भत्ता वृद्धि गरी क्रमशः १० हजार रुपैयाँ, १५ हजार रुपैयाँ प्रतिबैठक कायम गर्न बैंकको नियमावलीको नियम २९ को उपनियम (ख)संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
    ११. बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च १ करोड ४ लाख ३१ हजार ११६.८० रुपैयाँ कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्चलाई अनुमोदन गर्ने ।
    १२. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने र गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्नेरगराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।
    १३. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।
    बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।

    प्रतिकृया दिनुहोस्