News Portal

  • सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश पारित, संचालकमा उपाध्याय र पाेखरेल नियुक्त

    आर्थीकसंसार संवाददाता३ पुस, २०७९
    ३४९ पटक
    ३ पुस, २०७९

    काठमाडाैं । सानिमा बैंककाे प्रस्तावित १०.९८ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे १८औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेकाे हाे ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
    यस्तै, सभाबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल सर्वसाधारण समूहको तर्फबाट निर्वाचित भएका छन् ।
    आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्