News Portal

  • यस वर्ष लाभांश वितरण नगर्ने माछापुच्छ्रे बैंककाे घाेषणा

    आर्थीकसंसार संवाददाता१ पुस, २०७९
    ४५१ पटक
    १ पुस, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो ।
    बैंकले आर्थिक बर्ष २०७८ / ७९ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचिती गर्ने र लाभांश प्रदान नगर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण पारित गरेको हो ।
    उक्त वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरि कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो।

    Page 1 / 1

    Zoom 100%

    Page 1 / 1

    Zoom 100%

    प्रतिकृया दिनुहोस्