News Portal

  • सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१ पुस, २०७९
    ४४९ पटक
    १ पुस, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।
    बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 3D CRT सेवा, IMRT सेवा, VMAT सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा काठमाण्र्डौ क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनीकुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गर्नुभयो ।
    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्