News Portal

  • नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले गरिन् शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७९
    ३५६ पटक
    २८ मंसिर, २०७९

    काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छिन् । बन्सालले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
    बन्साल मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकबाट बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट नियुक्त भएकी हुन् ।
    बन्सल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छिन् । उनले एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्छिन् ।

     

    प्रतिकृया दिनुहोस्