News Portal

  • सिटी एक्सप्रेसको चाडपर्व विशेष योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७७
    १२७२ पटक
    १५ असोज, २०७७

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा’ चाडपर्वलाई लक्षित गर्दै लगातार ६० दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको छ ।
    सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६० दिन लगातार हरेक दिन एकजना विजेतालाई १० हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुने जनाएको छ । यस अवधिभरी सिटी एक्सप्रेसमार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्