आर्थीकसंसार संवाददाता१४ असोज, २०७७
१४ असोज, २०७७काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट असोज ४ गते, आइतबारसम्म लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँड गरिएको छ ।
शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम १४ गतेदेखि फिर्ता हुने भएको बैंकले जनाएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् । बैंकको हकप्रद बिक्री प्रबन्धक एनआइबीएल एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७६ मा भएको व्यवस्थाअनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको थियो ।