News Portal

  • नबिल बैंकले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७९
    ४२९ पटक
    २५ मंसिर, २०७९

    काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११.५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकले प्रस्तावत गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्