News Portal

  • दृष्टिविहीनहरुलाई कम्प्युटर ट्रेनिङ्ग दिँदै कामना सेवा विकास, बचत खाता समेत खोलिदिने

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७९
    २४२ पटक
    २५ मंसिर, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो ।
    जसका लागि विकास बैंकले जोड इनिस्येटिभसँग मंसिर २१ गते बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ । सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै, बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ ।
    सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
    यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्