News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.५१ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७९
    ४९५ पटक
    २५ मंसिर, २०७९

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको ३६ औं वार्षिक साधारणसभाले १६.५१ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
    बैंकको कात्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
    बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कूल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

     

    यस्ताे छ बैंककाे लाभांश इतिहास

    प्रतिकृया दिनुहोस्