News Portal

  • माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतो द्वारा शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७९
    ३९९ पटक
    २५ मंसिर, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
    माछापुच्छ्रे बैंकको मिति २०७९/०८/१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैरआवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्