काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारणसभा आज मिति २०७९ मंसिर २५ गते आईतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो ।
विशेष साधारणसभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ । साथै, विशेष प्रस्तावअन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको शेयर स्वाप अनुपात १ः१ पारित गरेको छ । एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ । एक आपसमा गाभिने सम्वन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत अनुमोदन गरिएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७९
२५ मंसिर, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो