News Portal

  • यी हुन् जसपाका ५ समानुपातिक सांसद

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७९
    ४३५ पटक
    २४ मंसिर, २०७९

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
    जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।
    सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ ।
    प्रदेश १ मा निर्मला लिम्बू र लुम्बिनी प्रदेशमा अम्बिका काफ्ले प्रदेश सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ । मधेस प्रदेशको भने अझै मिल्न बाँकी रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्