News Portal

  • राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो (नामसहित)

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७९
    ४१५ पटक
    २४ मंसिर, २०७९

    काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ । शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूचि टुंगो लगाएको हो ।
    जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहेका छन् । त्यसैगरी आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, ईन्दिरा रानामगर र सुमना श्रेष्ठ रहेका छन् भने खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायत सांसद बनेका छन् । लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट चयन गरिएको छ भने अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई समानुपातिकतर्फको सांसद छनौट गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए ।
    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ जना सांसदहरु निर्वाचित भएका छन् । बैठकले निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदातालाई धन्यवाद दिँदै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलगायतका सम्बन्धित सबै पक्षप्रति आभार समेत व्यक्त गरेको पनि प्रवक्ता ढकालले बताए ।

     

    प्रतिकृया दिनुहोस्