News Portal

  • राप्रपाले निर्वाचन आयोगमा बुझायो २४ समानुपातिक सांसदको सूची

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७९
    ३४८ पटक
    २४ मंसिर, २०७९

    काठमाडौं । राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेश समानुपातिकतर्फका १७ गरी जम्मा २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् ।
    केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो । सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताए । तर, सूचीमा प्रतिनिधिसभातर्फ पूर्व अध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन ।
    विशेषगरी प्रतिनिधिसभातर्फ २ पुरुषतर्फका २ सिटमा राणाको नाम अनुमोदन भएपनि पूर्वअध्यक्ष डा प्रकाश चन्द्र लोहनी रहने कि उपाध्यक्ष बुद्धिमान तामाङ रहने भन्ने विषयमा विवाद देखिएको नेताहरूको भनाइ छ । अन्य समानुपातिक नाममा पनि आकांक्षी धेरै भएपछि सूची गोप्य राखेर आयोगमा पत्राचार भएको बताइएको छ ।
    राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको हो ।

    प्रतिकृया दिनुहोस्