News Portal

  • एमालेले टुंग्यायो समानुपातिकतर्फको ३४ जनाको नाम (सूचीसहित)

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७९
    २५१ पटक
    २४ मंसिर, २०७९

    काठमाडौं : नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो ।
    बैठकले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई रहेका छन्। त्यस्तै नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन्।
    त्यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही समानुपातिकमा परेका छन्। महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल रहेका छन्।
    त्यस्तै थारूतर्फ आश्माकुमारी चौधरी र शान्ता चौधरी रहेका छन् भने दलिततर्फ ५ जनामा महिला २ र पुरुष ३ रहेका छन्। पुरुषमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, र चन्द्र विक रहेका छन्। यो क्लस्टरमा महीलातर्फ रुक्मणी राना र हकर्ममाया विश्वकर्मा रहेका छन्।
    त्यस्तै मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन्। मुस्लिमतर्फ भने सराज अहमद फारुकी छन्।

    प्रतिकृया दिनुहोस्