News Portal

  • प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७९
    ३६० पटक
    १३ मंसिर, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले लाभांशलाई स्वीकृत गरेको छ । बैंकको मंसिर १ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो । सोही लाभांश स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले मंसिर १२ गते स्वीकृत गरेको हो ।
    बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कूल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकको हाल चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्