News Portal

  • सुनसरीमा-३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७९
    ४३९ पटक
    १३ मंसिर, २०७९

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।
    यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् ।
    एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।
    चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस्